
काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरिएको हो । उनीहरूलाई मंगलबार २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।
पक्राउ परेका आरोपी यसअघि पनि लागुऔषध मुद्दामा जेल जीवन भुक्तान गरेर छुटेकाहरू रहेको प्रहरीले जनाएको छ ।