औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

 न्यूज विराट
औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वको टोलीले तीनपैनी चौकमा करिब ८ सय माक्स वितरण गर्यो ।

माक्स वितरण गर्दै उनिहरुले सर्वसाधारणलाई भाइरसबाट जोगिन माक्स लगाउने वानी गर्नुपर्ने तथा संक्रमणबाट जोगिने उपायका विषयमा सचेतना जगाउने पर्चा समेत वितरण गरेका थिए । सोहि अवसरमा संघले भाइरसको संक्रमण सबैभन्दावढी हातमा हुने भएकोले हातलाई संक्रमणबाट मुक्त राख्न सर्वसाधारणहरुलाई सेनिटाइजर लगाइदिएका थिए ।

त्यसका साथै संघको टोलीले कोरोना भाइरसबाट जोगिन र भइहालेको अवस्थामा अपनाउनुपर्ने तरिका र उपचार पद्धती उल्लेखित पर्चा वितरण गरेको थियो । कोरोना भाइरस सम्बन्धी सचेतना तथा सामाग्री वितरण कार्यक्रममा विराटनगर उपमहानगरपालीकाकी उपप्रमुख इन्दिरा कार्कीले समेत लाइनमा बसेर हातमा सेनिटाइजर लगाउँदै माक्स लिएर लगाएकी थिइन् । उनले केहि समय बसेर सर्वसाधारणलाई समेत माक्स वितरण गरेकी थिइन् ।

कार्यक्रममा संघका उपाध्यक्ष देशबन्धु ढकाल, महासचिव दीनेश ठाकुर, सदस्यहरु सरिता चौधरी,प्रकाश धिमाल, गणेश थापालगायत औषधी व्यवसायीहरुले सर्वसाधारणलाई माक्स वितरण, सेनिटाइजर हातमा लगाइदिने तथा पर्चा वितरण गरेका थिए । उनिहरुले हात नमिलाऔं,नमस्कार गरौं नारा लेखिएको पम्प्लेट टाँसेर सचेतना जगाउने समेत काम गरेका थिए ।

संघले गएको बुधवारपनि विराटनगरको ट्राफिक चौकमा कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले १ हजार थान माक्स वितरण गर्नुकासाथै हातमा सेनिटाइजर लगाइदिने र सचेतनामुलक पर्चा वितरण गरेको थियो । उक्त कार्यक्रममा सर्वसाधारणको अत्यधिक भिड लागेपछि प्रहरीले लाईन लगाएर व्यवस्थित गराउनु परेको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्