विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।
उनको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।
विराटनगरमा पछिल्लो केही दिनयता तीनजना मृत अवस्थामा फेला परेका छन् । केहिदिन अघि विराटनगर डिएभि स्कुल अगाडी मृत अवस्थामा एक युवकको शव फेला परेको थियो ।
त्यस्तै शुक्रबार दिउँसो पनि विराटनगर बसपार्क अगाडी एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।