आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

 न्यूज विराट

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ।

अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

राति भने प्रदेश एक, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक रदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । अबको केही दिनको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो ।
धेरै वा लगातार पानी नपरे पहिला परेको पानीले जमिन गलेको हुन सक्ने भएकाले भिरालो जमिनमा पहिरो जान सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले भिरालो जमिन र नदी तटीय क्षेत्रमा रहेकाहरुलाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

एमाले कोशीको १३ बुँदे आचार संहिता : सामाजिक संजालमा नेताका बारेमा लेख्न प्रतिबन्ध

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचार संहिता जारी गरेको छ । विराटनगरमा शनिबार सकिएको बैठकले १३ बुँदे आचार संहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग...

स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...

तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption]   कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...

राप्रपाको एकता महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...

म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ...

कटहरी गाउँपालिकाले ल्यायो ५८ करोड ९१ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२ – ०८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाकी उपाध्यक्ष सीता देवी राजवंशीले दोस्रो गाउँसभाको सातौं अधिवेशनमा...

बिहीबार जेलमुक्त हुँदै सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइराला 

काठमाडौं, ६ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुने भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार जेलमुक्त हुने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा...

रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्