स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

 न्यूज विराट
स्वास्थ्य सामग्री खरिदमा गडबडी : उपप्रधानमन्त्री पोखरेलविरुद्ध पनि अख्तियारमा उजरी

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध अख्तियारमा उजुरी दिएका हुन् । उनले इमलेमार्फत अख्तियारमा उजुरी पठाएर संकटका बेला स्वास्थ्य सामग्री ल्याउँदा कमिसन लिने देशलाई हानी पुर्‍याउन गरी ठेक्का सम्झौता गरिएको भन्दै अख्तियारमा उजरी दायर गरेकोका हुन् । त्रिपाठीले उनीहरू सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गरेका छन् ।

यसअघि सोही ठेक्का सम्झौताका विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्यमन्त्री ढकाल विरुद्ध उजुरी दिएका हुन् । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएपछि मन्त्री ढकालविरुद्ध उजुरी गरिएको जनाइएको छ ।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिएपछि सरकारले कोरोना परीक्षण र उपचारसम्बन्धी मेडिकल सामाग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग सम्झौता गरेको थियो । तर, ओम्नीले सम्झौताअनुसार सामान समयमै ल्याउन नसकेको भन्दै ऊसँग भएको सम्झौता सरकारले खारेज गरेको छ ।

सम्बन्धित समाचार

सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, १५ असोज–कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ का छुट्छा छुट्टै स्थानमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको उर्लाबारीमा बिहिबार बिहान एक बृद्धा, र बुधबार राती मोरङ कारागारका एक कैदी र इटहरी उपमहानगरपालिकाका एक...

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

स्वास्थ्य परीक्षणबिना नेपाली भित्र्याइँदा जोखिम बढ्यो

काठमाडौं। जेठ १६-भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

धरान, माघ १७–चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्