रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

 न्यूज विराट
रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो । यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइज र थ्रीस्टार यो सिजनको फुटबल मैदानमा पहिलोपल्ट विराट गोल्डकपको फाइलनमा भेट हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले उनीहरुको मनोबल उच्च देखिएको छ ।
यता थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्य लिएको छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।
सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जितेको छौं । विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजना रहेको छ ।’ चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।
यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने । फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार छ ।

सम्बन्धित समाचार

१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन

विराटनगर । युवा व्यवसायी एवम् समाजसेवी यश बगडीयाले विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । अरुले अनावश्यकरुपमा मोटो रकम खर्चिएर तडकभडक गर्दै जन्मदिन मनाउने गरेको भएपनि बगडीयाले भने विपन्न परिवारलाई सहयोग...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र...

लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

कोशी सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा, सोमबारबाट मुद्दाको निरन्तर सुनुवाई हुने

विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

निको नहुँदै डिस्चार्ज गरिएका ६ संक्रमित फेरि अस्पताल भर्ना 

धनगढी, २३ जेठ-सेती प्रादेशिक अस्पतालले आज कोरोना निको नहुँदै डिस्चार्ज गरेका ६ जना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गरेको छ । आज दिउँसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्