म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

 न्यूज विराट
म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सु चीलाई नजरबन्द गरेपछि १ फेब्रुअरीयता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

म्यानमारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरेका छन् ।

अस्पताल स्रोतका अनुसार मध्य म्यान्मारको शहरमा चार व्यक्तिको गोली लागेर मृत्यु भएको छ । देशको दोस्रो ठूलो शहर मन्डालेमा पनि दुई व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ ।

एक चिकित्सकले नाम नबताउने सर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।

म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शन जारी छन् । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकार र नागरिक समाजका व्यक्तिलाई पनि धरपकड गरेको छ ।

सम्बन्धित समाचार

बूढानिलकण्ठ स्कुलले मनायो वार्षिक उत्सव, फनफेस्टामा एक दर्जन बढी स्टल

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ स्कुलले ४० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी लताको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् २००१...

सर्वेन्द्र, महेश र किसानविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता

काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको...

९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्