रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ ।

क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको लागि चामल, दाल, तेल, चिउरा, भुजा चिनि लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।

रोटरीयन मञ्जु अग्रवाल र स्वाती राठिको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । सो अबसरमा आश्रममा आश्रितहरुका लागि ४ सय केजी चामल, एक क्वीन्टल दाल, ५० लिटर खानेतेल, एक क्वीन्टल चिउरा, ४० केजी भुजा र ५० केजी चिनि वितरण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

खाद्य सामाग्री वितरण कार्यक्रममा क्लबका १० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई बधाई तथा शुभकामना

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान...

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...

संवैधानिक परिषद्ले गरेन कुनै निर्णय

अध्यादेश जारीपछि मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे...

कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

विराटनगर, २ साउन–नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ करोड रुपैयाँ योगदान गरेको छ । सुर्य नेपालले कोरोना...

क्षतीपूर्ती माग्दै मुख्यमन्त्री अगाडी पत्रकार ठाकुरको प्रर्दशन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...

बारामा ५ जनामा कोरोना पोजिटिभ

बारा, २६ जेठ-बारामा सोमबार थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । नयाँ संक्रमितमा सुवर्ण गाउँपालिका-२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष...

प्रदेश १ मा एक दर्जन सञ्चारकर्मीमा कोरोना, १ जना डिस्चार्ज 

विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको  संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्