जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

 न्यूज विराट
जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

विराटनगर, चैत ७–विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी स्थापना गरिएको छ । गिरिजाप्रसाद कोइरालाको १० औं स्मृतिको दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले इलाइब्रेरीको उद्घाटन गरिन् ।

लाइब्रेरीमा शिक्षा, स्वास्थ्य, धर्मग्रन्थ, इतिहास, साहित्यलगायतका पुस्तकहरू निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । उनले भनिन्, “लाइब्रेरीमा सबै किसिमका पुस्तक पढ्ने व्यवस्था मिलाएका छौं । राष्ट्रिय मात्रै अन्तर्राष्ट्रिय साहित्य, राजनीति, इतिहासलगायतलाई लाइब्रेरीमा समावेश गरिएको छ ।”

लाइब्रेरी उद्घाटनसँगै फाउण्डेशनले कोरोनाविरुद्ध सचेतना कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा कोसी अस्पतालका डा लक्ष्मीनारायण यादवर नोवेल हस्पतालका डा. नविन यादवले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी र हात धुने तरिकाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, फाउण्डेसन प्रदेश–१ की संयोजक इन्दिरा थापालगायतले गिरिजाप्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई फाउण्डेशनले मास्क पनि वितरण गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College