
एजेन्सी, २६ कात्तिक-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन् ।
राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नको जवाफमा उनले ट्रम्पको अडानले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ प्रतिक्रिया दिएका हुन् । ‘मलाई लाग्छ कि यो लज्जास्पद विषय हो । म यसलाई कसरी कुशल रूपमा भनौं,’ केही बेर रोकिँदै उनले भने, ‘मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन।’
बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर समेत प्रश्न गरिएको थियो।
जवाफमा उनले भने, ‘यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन ।’ आफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको पनि उनले स्पष्ट पारे ।