विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

 न्यूज विराट
विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ ।

सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका विषयक अन्तरक्रिया तथा सहायक सामाग्री वितरण कार्यक्रममा विराटनगर–१२ देखि १८ नं वडासम्मका दक्षिण भेगका १३ जनालाई उक्त्त समाग्री वितरण गरिएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाग्री वितरण गर्दै नगरले सबै सार्वजनिक भवन निर्माणका लागि घरनक्सा पासका लागि अनिवार्य रुपमा ‘अपाङ्ग मैत्री’ हुनुपर्ने नीति बनाएको जानकारी दिनुभयो ।

उहाँले महानगरले करुणा फाउण्डेशनको सहयोगमा अपाङगहरुलाई स्वरोजगार बनाउन विऊ पूँजी, शीपमूलक तालीम लगायतका कार्य गरिरहेको बताउनुभयो ।

सामर्थ समाजका अध्यक्ष चेतनाथ पोखरेल र राष्ट्रिय अपाङग महासङ्घ प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ लगायतले अपाङग व्यक्तिहरुलाई सहज जीवन जीउनका लागि जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानमा खोप लगाएकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर, १५ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण एक बृद्धा महिलाको मृत्यु भएको छ । शुक्रबार कोरोना पोजिटिभ देखिएकी सुनसरीको धरान उपमहानरपालिकाकी ७६ वर्षीया बृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा...

आज ३ हजार ९३ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...

महोत्तरीमा एकै गाउँपालिकाका २ सय ७३ जनामा कोरोना पुष्टि

महोत्तरी, ४ असार-महोत्तरीको सम्सी गाउँपालिका गएराति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २ सय ७३ जनाको कोरोना नतिजा पोजिटिभ आएपछि राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्म सो...

म्याद गुज्रिएका वस्तु विक्रिवितरणको गुनासो बढेपछी सप्तरीमा अगुगमन तिब्र

सप्तरी, बैशाख २६–म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरणको गुनासो बढेपछी सप्तरीमा अनुगमनले तिब्रता पाएको छ । उपभोक्ता एवम विभिन्न समाजिक संजालमा उपभोग्य समानहरुको मूल्य र गुणस्तरीताको बारेमा गुनासो बढेपछी अनुगमनले तिब्रता पाएको हो। प्रशासनको...

अध्यादेश फिर्तालगत्तै निकट नेताहरूसँगको भेटमा ओली

काठमाडौं, १३ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् । पछिल्ला समसामयिक घटनालाई लिएर उनले आफूनिकटका नेता तथा कार्यकर्तासँग भेट गरेका हुन् । अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले...

कोशी प्रदेशका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बुधबार उनलाई बर्खास्त गरेको हो । सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको...

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

पूर्वमन्त्री पण्डितको निर्वाचन क्षेत्रमा करोडौंको लगानीमा खानेपानी आयोजना बन्दै

विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्