खुशियालीको लागि हरियाली

 न्यूज विराट
खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो ।

एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर वन प्राविधिक समूहद्वारा आज यहाँ आयोजित वृक्षारोपण, अन्तरक्रिया तथा सम्मान कार्यक्रममा रुद्राक्ष, रक्तचन्दन, पिपल र वर लगायतका विभिन्न जातका २०० विरुवा भारतको मीरगञ्ज पुलको तटवन्ध र विराटनगर–१४ स्थित रानी पोखरीमा रोपियो ।

सो अवसरमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रालयका सचिव विशाल घिमिरेले जहाँ हरियाली त्यहाँ खुशियालीलाई निरन्तरता दिन सबैले आफ्नो घरजमीनमा वृक्षरोपण गर्न आग्रह गर्नु भयो ।

नेपाल भारत सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेशकुमार शर्मा, रणभूमि अनलाईका पवन साह, रुपमती नदी संरक्षण समिति जनकपुरका सुदिप मण्डल,सुरेश शर्मा,समवेदना संस्था भारतका डा सुस्मिता ठाकुर लगायतले मानिसलाई स्वस्थ जीवनयापनका लागि आवश्यक स्वच्छ हावाका लागि प्रत्येक चाडपर्व एवं उत्सवमा एक–एक विरुवा रोपि हरियाली बनाउन आग्रह गर्नु भयो ।

वेवारिश शवलाई उचित दाहसंस्कार गर्ने भारत फारविशगञ्जका समवेदना संस्थाका सदस्यहरुलाई सोही अवसरमा सम्मान गरिएको थियो ।
यस्तै विराटनगरमा कोभिड महामारीमा नागरिकलाई स्वास्थ्य उपचार र खाद्यान्न सहयोग गर्ने अमृत साह गणेश साह, महेश सोनीलाइ समेत सम्मान गरिएको थियो ।

 

सम्बन्धित समाचार

दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा चिकित्सक पक्राउ

विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...

राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...

पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ...

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका...

टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई...

प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...

प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्