एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

 न्यूज विराट
एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ । कलेजले एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई सम्मान गरेको हो ।

बि.पि.एच. तेस्रो सेमेष्टरमा ४ जी.पि.ए प्राप्त गर्ने विद्यार्थी लिया खवास, सुगन्ध रेग्मी र समिर लावती , बि.पि.एच. प्रथम सेमेष्टरका विद्यार्थी असिम ढकाल, बि.टेक.एड.आई.टी कार्यक्रमको प्रथम र तृतीय सेमेष्टरमा जी.पि.ए. ४ प्राप्त गर्ने विद्यार्थीहरु क्रमशःजीया फत्मा र गौरब दाहाललाई कलेजले सम्मान गर्यो ।

कार्यक्रममा बोल्दै कलेजका प्रमुख सि.एम. बस्नेतले शैक्षिक क्षेत्रमा लामो अनुभव लिएको भए पनि शिक्षकको मेहनेत र विद्यार्थीको पढाई प्रतीको झुकाबले यस्तो नतिजा आएको बताए । अहिलेका विद्यार्थीलाई सिकाई हुने गरि अध्यापन गराउन शिक्षकमा प्रभाबकारी रुपान्तरण हुनुपर्ने कुरालाई प्रमुख बस्नेतले जोड दिए । “एस्पायर कलेजमा परीक्षा मुखी भएर होईन, जीवनको सिकाई र करियरसँग जोडेर पढाईन्छ ,’ उनले भने । कार्यक्रममा बोल्दै कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतले हरेक विद्यार्थीको क्षमताको उच्च मुल्याङकन गर्दै , उनीहरुको भावनालाई बुझेर अध्यापन गराएको बताइन् । ब्याचलर डिग्रीका विद्यार्थीले यतीको नतिजा ल्याउने उनको भनाई छ ।

कलेजका अध्यक्ष विकाश अधिकारीले एस्पायर कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासकालागी कुनै कसर बाँकी नराख्ने बताए । अध्यक्ष अधिकारीले अब हरेक विद्यार्थीलाई रोजगारको (जवप्लेसमेण्ट) व्यवस्थापन गर्ने बताए । एस्पायर कलेजमा काठमाण्डौं विश्वविद्यालयको बि.वि.ए.च र आइ.टी कार्यक्रमहरु सञ्चालनमा छन् । एस्पायर कलेजमा हरेक वर्ष ब्याचलर डीग्री कार्यक्रममा यसरी जी.पि.ए ४ सहित सतप्रतिशतविद्यार्थी उत्तिर्ण हुदै आइरहेको कलेजले जनाएको छ ।

सम्बन्धित समाचार

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

धरानमा वृद्धा महिलाको सुन लुटेर हत्या

विराटनगर । सुन र नगद लुटेर सुनसरीको धरान उपमहानगरपालिका – २० स्थित टोकेमा एक वृद्ध महिलाको हत्या गरिएको छ । लुटेराको समूहले स्थानीय ६५ वर्षीय पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको अवस्थामा आज...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उपाध्याय

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय(अन्जु) निर्वाचित भएकी छिन् । महासंघको विराटनगरमा आइतबार भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्