मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

 न्यूज विराट
मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

विराटनगर, २९ जेठ । मोरङ र सुनसरीका बाँतर(सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति कटहरीको सहयोगमा कोरोना संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री, खाद्यान्नसहित राहत वितरण गरिएको हो ।

बाँतर (सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति, जिल्ला कार्य समिति मोरङ र युवा कार्य समिति मोरङले मोरङ र सुनसरीका ५० परिवारलाई प्रती परिवार तीन हजार रुपैयाँ मुल्य बराबरको राहत सामाग्री वितरण गरेका हुन् ।

कोरोना संक्रमणका कारण पीडीत बाँतर(सरदार) समुदायको प्रती परिवार राहत स्वरुप २५ केजी चामल, तीन केजी भुजा, एक क्यारेट अण्डा, एक लिटर खाने तेल, एक केजी दाल, आधा केजी च्यावनप्रास, एक प्याकेट माक्स, एक बोतल स्यानिटाइजर र एउटा साबुन सहितको राहत वितरण गरिएको नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समितिका सचिव सुभाषकुमार सरदारले जानकारी दिए ।

राहत नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समितिका अध्यक्ष मोहनलाल सरदार, सचिव सुभाषकुमार सरदार, जिल्ला अध्यक्ष गयानन्द सरदार, सचिव सुरेसकुमार सरदार, नेपाल बाँतर सरदार कल्याणकारी जिल्ला युवा समिति मोरङका अध्यक्ष अनिलकुमार सरदार, सचिव विनोद सरदार, सह–सचिव सुरतलाल सरदार, सदस्य धर्मेन्द्र सरदारलगायतले कोरोना संक्रमित परिवारको घर–घरमै पुगेर राहत वितरण गरेका हुन् ।

 

सम्बन्धित समाचार

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

पहिलो संबिधान सभाबाट संबिधान बन्न नसक्दा माओबादी कमजोर भयो : उपमहासचिव गजुरेल

विराटनगर । नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पहिलो संबिधानसभाबाट संबिधान बन्न नसक्दा माआबोदी कमजोर बन्न पुगेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा विहिवार प्रेस सेन्टर प्रदेश समितिले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उपमहासचिव...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...

लकडाउन पछि अन्तर्राष्ट्रिय उडान : ११ हजार जना भित्रिए, १३ हजार बाहिरिए

काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र  चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु  नेपाल प्रवेश गरेका छन्।...

कोरोना उपचार निःशुल्क गर्न नीजी अस्पताललाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, १२ मंसिर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न विराटनगरका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएका छन् । विभिन्न तीन निजी अस्पतालको अनुगमनका क्रममा संक्रमितका आफन्तले अस्तालहरुले उपचारका नाममा चर्को शुल्क अशुल...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्