ब्राउनसुगर सहित ३ जना पक्राउ

 न्यूज विराट
ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाटनेपाल तर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिक ३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको हो ।

यसैगरी गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचि नगरनगरपालिका ९ झोडाका २० वर्षिय निर्दोस डाँगी र २७ वर्षिय साजन राजवंशीको साथबाट १ ग्राम९ सयमिलिग्राम लागुऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको थियो । नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ।

सम्बन्धित समाचार

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ, आज ३ बजे सार्वजानिक गर्दै प्रहरी

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चौधरीको हत्या आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोसहित पक्राउ...

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

धनुषा, कात्तिक २४ । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनु भयो । दुर्घटनामा...

नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै

काठमाडौं, २४ असोज-कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा  सारिएको हो । चौधरीको अहिले वीर...

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार...

घरेलु तथा साना उद्योग महासंघ उर्लाबारीमा गठन, युवा उद्यमीको अध्यक्ष सुनिल र महिलामा सरस्वती

विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...

विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

विराटनगर, जेठ २१–राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्