अनुदानको सिलिण्डरमा वर्षमानको व्यापार : यसरी खुल्यो पोल

 न्यूज विराट
अनुदानको सिलिण्डरमा वर्षमानको व्यापार : यसरी खुल्यो पोल

रोल्पा, जेठ १२-मूलुकमा महामारीले चरमरुप लिदा समेत माओवादी केन्द्रका नेताहरु अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार मात्रै गरेनन्। उनीहरूले अनुदानमा आएका नीला रंगका सिलिन्डरहरू स्थानीयसम्म पुर्याउदै व्यापार गरिरहेका छन्। पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले गृह जिल्ला रोल्पाका सात ओटा तहमा आफ्नो पहलकदमी–मार्फत् अक्सिजन सिलिन्डर पठाएपनि उहाँका प्रतिनिधिहरूले स्थानीय तहमा पैसा लिएर बेचिरहेका छन्।

पूर्वमन्त्री पुन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको पात्र बनेपनि त्यो प्रचार धेरै टिक्न सकेन। उहाँले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिण्डरको व्यापार गरिरहेको खुलासा भएको छ। माओवादी कार्यकर्ताहरूले पूर्वमन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिण्डर पुर्याए जसरी सस्तो प्रचारबाजी गरिरहेका छन्। तर, पूर्वमन्त्री निकटकै केही व्यक्तिहरुले जिल्ला सात स्थानीय तहलाई नीला रंगका अक्सिजन सिलिण्डर बेचिरहेका छन्।

माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिण्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेस सांसद दिपेन्द्र पुनको फोटो राखेर चुवानी प्रचार थालेपनि टिका–टिप्पणी भएको हो। वर्षमान पुनको पहलमा आएको अक्सिजन सिलिण्डर आफूहरूले भुक्तानी गरेको पुननिकट सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले स्वीकार गर्नुहुन्छ ।

माओवादी कार्यकर्ताहरूले भने रोल्पाका जनतालाई निशुल्क सिलिन्डर उपलब्ध गराए जसरी प्रचार गरिरहेका छन्। तर, उनीहरूको चुनावी प्रचारमा भने भ्रम मात्रै रहेको छ। पूर्वमन्त्री वर्षमानले कोरोना महामारीको समयमा सेवा भन्दा पनि व्यापार गरिरहेको एमाले नेत्री इश्वरी जिएमले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत् केन्द्र सरकार, वर्षमान पुन र दिपेन्द्र पुनको पहल रोल्पा ल्याइएका अक्सिजन सिलिन्डर व्यापार भइरहेको बताउनुभयो ।

सम्बन्धित समाचार

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

विराटनगरमा कांग्रेस नेताहरुले भने–संविधानको रक्षाका लागि जनता माझ आएका हौँ

विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...

विराटनगरको आइसोलेसनमा बसेका १९ जना कोरोना मुक्त भएर घर फर्किए

विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर सीमाक्षेत्रमा ‘फेमिली’ होटल सञ्चालनमा ल्याइएको छ । युवा नेता मोहम्मद फैयाजले पाकिजा होटल एण्ड फास्ट फुड सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेश–१ का सांसद जयराम...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...

संवैधानिक नियुक्तिका विषयमा प्रतिपक्षसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, ३१ भदौ-सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ ।  प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्