आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि - News Birat

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

न्यूज विराट

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबार थप १ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टाइनमा छन् ।

यस्तै, आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६८९ पुगे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles