साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

 न्यूज विराट
साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

त्यस्तै सेवाग्राहीले चाहेको खण्डमा ऐच्छिक रूपमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उनले बताए । यसको लागि नम्बर प्लेट छाप्ने जिम्मेवारी पाएको डेकाटुर टाइगर कम्पनीले पनि आवश्यकताअनुसार प्लेट छाप्नसक्ने बताएकाे घिमिरेले जनाए ।

‘साउनदेखि सेवाग्राहीले विभागमा फारम भरेपछि बल्ल दर्ता र नवीकरण गर्न पाउँछन् । सेवाग्राहीले प्रदेश कार्यालयमा गएर नम्बर प्लेट फिट गर्न  सक्छन्’, उनले भने, ‘नम्बर प्लेट फिट गर्ने र डाटा इन्ट्री गर्ने जनशक्ति पनि कार्यालयहरूलाई हामी नै व्यवस्था गर्दिन्छौँ । कार्यालयले भेरिफिकेसन मात्र गर्ने हो ।’

सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट राख्नलाई केही महँगो भने पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडान गरेको दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चार पाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने विभागले जनाएको छ ।

५ भदाै २०७४ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट उद्घाटन गरेका थिए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली भाषामा नभएकोलगायत कारण देखाउँदै अधिवक्ता भरत बस्नेत र  राजन बुर्लाकोटीले सर्वोच्चमा रिट दायर गराएका थिए ।

उक्त रिटमा तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तत्कालका लागि इम्बोस्ड नम्बर प्लेट लागू नगर्न अन्तरिम आदेश गरेका थिए । त्यसपछि २७ मंसिर २०७६ मा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंहको इजालासले रिट खारेज गरेसँगै पुनः जडान सुरु गरिएको थियो ।

सम्बन्धित समाचार

शिक्षण अस्पतालले भन्यो – अस्पतालकर्मीमा कोभिड–१९ सङ्क्रमण छैन  

काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । शनिबार बिहान ६ बजेसम्म ५ लाख ९४ हजार ६ सय ८७ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार...

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं, ५ साउन-कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्