
काठमाडौं, फागुन ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा यसबारे अनौपचारिक जानकारी गराएका हुन् ।
‘सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, राजीनामाको औपचारिक पत्र मात्रै आउन बाँकी छ,’ सापकोटाले बैठकमा भने । तर, कांग्रेसले औपचारिक जानकारी नआएसम्म संसदमा अवरोध राख्ने अडान राखेपछि सभामुख सापकोटाले १२ फागुनमा बस्ने गरी बैठक स्थगित गरेका छन् ।