तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

 न्यूज विराट
तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत वर्षको तुलनामा केही रकम बढाएर सरकारले गहुँको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य बढाउने प्रस्ताव २० फागुनमा बसेको मन्त्रिपरिषद्‍ बैठकमा लगेको थियो । आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले चालु आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य गत वर्षभन्दा ९६ रुपैयाँ बढाएर तीन हजार एक सय ११ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

गत वर्ष गहुँको समर्थन मूल्य तीन हजार १५ रुपैयाँ थियो । समर्थन मूल्य तोकिएसँगै खरिद प्रक्रिया अघि बढाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक २० लाख मेट्रिक टन गहुँ उत्पादन हुने गर्छ । त्यस्तै भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ८ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँ बराबरको गहुँ आयात भएको छ ।

उत्पादन लागत र व्यापारीलाई हुने २० प्रतिशत लाभलगायतका आधार राखेर समर्थन मूल्य तोकिने गर्छ । सरकारले गत वर्षदेखि गहुँ र धानको समर्थन मूल्य निर्धारण गर्दै आएपनि प्रभावकारी कार्यान्वयन गराउन भने सकेको छैन । सरकारले खरिद प्रकियामा ढिलाइ गर्नुका साथै नियमन गर्नसमेत चुकेकाले व्यापारीहरूले सस्तोमा उठाउने गरेको कृषकहरूको गुनासो छ ।

यो वर्ष पहिलो पटक धान लगाउनु पूर्व नै धानको समर्थन मूल्य तोकेर पनि सरकारले कार्यान्वयन गराउन सकेको थिएन । सरकारले गत असारमै मोटो धानको समर्थन मूल्य २७ सय ३५ र मसिनो धानको समर्थन मूल्य २८ सय ३५ तोकेपनि व्यापारीहरूले भने २२ सय रुपैयाँ क्‍वीन्टलमा उठाएका थिए ।

सम्बन्धित समाचार

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ । खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने...

भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

काठमाडौं, ६ वैशाख-भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् । क्वारेन्टाइनमा नै किरिया बसेको तस्विर सामाजिक सञ्जालमा फैलिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतीय...

पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

प्याब्सन प्रेसिडेन्ट कपको उपाधि मोर्डन एरा स्कुललाई

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा ग्यालेक्सी स्कुललाई १–० गोलले हराउँदै मोर्डन एरा स्कुलले प्याब्सन प्रेसिडेन्ट कपको उपाधि जितेको हो...

काेराेनाविरुद्ध २० लाख भ्याक्सीन तयार : अमेरिका

एजेन्सी, जेठ २४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेभिड-१९ संक्रमणबाट बच्नका लागि आफ्नो देशले २० लाख भ्याक्सीन बनाएकाे दाबी गरेका छन् । भ्याक्सीन प्रयाेग गर्नका लागि तयार भइसके पनि वैज्ञानिकबाट प्रमाणित हुन बाँकी रहेकाे उनकाे भनाइ छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्