पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स
शनिबार, २२ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ । कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको चाप रहेको छ ।
विद्यालयले शनिबार कक्षा ११ मा लिएको प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागि भएको विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । विज्ञान विषयको प्रवेश परीक्षामा २१२ र व्यवस्थापनमा २८४ गरी प्रथम चरणको प्रवेश परीक्षामा ४९६ विद्यार्थी सहभागि भएको उनले बताए । गत वर्ष यस विद्यालयको कक्षा ११ को विज्ञान विषयमा १२५ र व्यवस्थापन विषयमा २६२ विद्यार्थीहरु सहभागि भएका थिए ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले पोखरीयामा निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड लाग्ने गरेको छ । पोखरीयाले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौति दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिने गरेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको छ ।
काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...
चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...
काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...
कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...
काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...
विराटनगर, फागुन ३०–कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेक्समा हालसम्म साढे ३ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विमानबाट विराटनगर आउने यात्रुहरूलाई परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म ३ हजार...
एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...
विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...