भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

 न्यूज विराट
भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

काठमाडौं, ६ वैशाख-भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् ।

क्वारेन्टाइनमा नै किरिया बसेको तस्विर सामाजिक सञ्जालमा फैलिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतीय पक्षसँग छोडि दिन कुराकानी गरेका थिए ।

उनलाई भारतीय पक्षले मौखिक छोड्दा हामीलाई गाह्रो हुन्छ भनेपछि किरिया बसेका भट्टलाई नेपाल पठाई दिन प्रजिअ पौडेलले लिखित पत्र पठाए ।

उनले लिखित जानकारी पठाएको दिन भारतीय पक्षका पिथौरागढ सबडिस्ट्रिक म्याजिस्ट्रेट विदामा भएको कारण दोस्रो दिन उनले डिएमलाई पठाएको र डिएमले मुख्यमन्त्री कार्यालय देरादून पठाएका छन् ।

उनीहरुले यो त केन्द्रको काम भन्दै दिल्ली पठाउँदा ढीला भएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘मैले पत्र पठाउँदा उताको प्रमुख विदामा । दोस्रो दिन डिएम कार्यालय, त्यहाँबाट मुख्यमन्त्री कार्यालय देरादून र त्यहाँबाट दिल्ली गृहमन्त्रालय पत्र पठाए छन् । उताबाट आदेश नआउँदा ढिला भएको हो । हामीले सबै प्रक्रिया पूरा गरी सकेका छौ ।’

सम्बन्धित समाचार

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

तिहार नजिकिँदै गर्दा भारतबाट अवैध रुपमा भित्रियो पटका

विराटनगर । दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा भारतबाट ल्याउँदै गरेको ठूलो परिणामको पटका मोरङको रंगेली र विराटनगरबाट प्रहरीले बरामद गरेको छ ।रंगेली नगरपालिका–४ चोप्राहा नाका हुँदै भित्राइएको २ लाख ७२ हजार रूपैयाँ बराबरको पटका...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक...

स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं, चैत ५–स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्