कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने - News Birat

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने

न्यूज विराट

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ । पत्रकारहरूलाई कोरोनाविरुद्धको खोप लगाउन नयाँ बानेस्वरस्थित सिभिल अस्पताल तोकिएको छ ।

खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । उनले स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई पनि कोरोनाविरुद्धको खोप दिइन लागेको जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles