सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

 न्यूज विराट
सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् ।

सिरहामा कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियान प्राथमिकताका आधारमा तीन चरणमा सञ्चालन भएको थियो । जसअनुसार पहिलो पटक माघ १४ देखि २४ गतेसम्म, दोस्रो पटक फागुन २ देखि १० गतेसम्म र तेस्रो पटकमा फागुन २३ देखि चैत २ गतेसम्म खोप लगाइएको थियो ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, महिला स्वयंसेविका, सफाइकर्मी, निजामती कर्मचारी, प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, कैदीबन्दी तथा ज्येष्ठ नागरिकलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णणदेव यादवले जानकारी दिए ।

यससँगै कोरोना विरुद्धको पहिलो डोज अभियान सिरहामा सकिएको र दोस्रो डोज लगाउने कार्यक्रम शनिबारदेखि सञ्चालन हुने उनले बताए । विभिन्न चरणमा पहिलो डोज लगाएकालाई मात्रै क्रमशः दोस्रो डोज दिइने यादवले जानकारी दिए । यसका लागि पहिलो डोज लगाइसकेकाहरुलाई दोस्रो डोज लिन मोबाइलमा म्यासेज पठाउने र विभिन्न माध्यमले सूचना प्रकाशन गरी जानकारी गराइने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...

गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन्...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

प्रदेश प्रमुखद्धारा बजेट प्रमाणिकरण

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख खापुङ्गले शुक्रबार बजेट प्रमाणिकरण गरेका हुन् । प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई...

पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित...

प्रधानमन्त्री ओलीसँगको बार्तापछि माधवको घोषणा : सांसदको राजीनामा टर्यो, बिवाद मिलाउन कार्यदल बन्छ

काठमाडौं, बैशाख ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको बार्ता फलदायी बनेको बताउनु भएको छ । अध्यक्ष ओलीसँग आज भएको तीन घण्टा लामो बार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता नेपालले आजको...

प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर, २७ मंसिर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा सोमबार सुनुवाइ...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्