एमाले संसदीय दलको विधान संशोधनसहित पारित - News Birat

एमाले संसदीय दलको विधान संशोधनसहित पारित

न्यूज विराट

नेकपा (एमाले) को संसदीय दलको बैठक सकिएको छ । बैठकले विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले बताए । आइतबार बसेको संसदीय दलको बैठकमा कार्यदलले विधान प्रस्तुत गरेको थियो ।

बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेस गरेको संसदीय दलको विधान संशोधनसहित पारित भएको हो । कार्यदलमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य थिए ।

उनका अनुसार आजै बस्ने केन्द्रीय कमिटी बैठकबाट विधान अनुमोदन गर्ने छ । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका थिए । उनीसहित १० जना सांसदले धारणा राखेका छन् । यता खनाल-नेपाल समूहले भने बैठक बहिस्कार गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles