राशिफल

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

 न्यूज विराट
कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

विराटनगर, फागुन १८–कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएकोे छ । प्रेस संगठन नेपाल, मोरङले आयोजना गरेको सपथ ग्रहण एवं पुरस्कार वितरण कार्यक्रममा आज पत्रकार बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो ।

अन्नपूर्ण पोष्ट दैनिकमा त्रकारीता गर्दै आइरहेका पत्रकार बुढाथोकीलाई नगद १० हजार १ सय ११ रुपैयाँसहित पुरस्कृत गरिएको हो । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार तत्कालिन प्रेस चौतारीले स्थापना दिवसको अवसरमा वितरण गर्दै आईरहेको छ । तत्कालिन माओवादी केन्द्रको प्रेस सन्टर र एमालेको प्रेस चौतारीको एकतापछी बनेको प्रेस संगठनले आईतबार पुरस्कार वितरण गरेको हो ।

सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भइसेका छन् । आज आयोजित कार्यक्रममा प्रेस संगठन मोरङका संयोजक सुदीप कोइराला सहीत ३५ जनाले सपथग्रहण गरेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्या तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टी र प्रेस संगठनबिच नङ र मासुको सम्बन्ध हुनु आवश्यक रहेको बताए । ‘सरकारले गरेका राम्रा र नराम्रा कामलाई औल्याउनु पत्रकारहरुको दायीत्व हो ।’ उनले भने,‘ यसका लागि पनि संगठनका पत्रकार र पार्टी बिचको सदभाव आवश्यक छ ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज गोपी अच्छामी , नेकपाका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज महेश रेग्मी, केन्द्री सदस्य विनोद ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश नः १ का अध्यक्ष विक्रम लुईटेल लगायतले शुभकामना व्यक्त गरे ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...