शुन्दरहरैँचामा भयंकर दुर्घटना, हायस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु

 न्यूज विराट
शुन्दरहरैँचामा भयंकर दुर्घटना, हायस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, २३ फागुन । मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

आज मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो ।

सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा  र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो । लिग चरणमा सबै समिकरण...

नयाँ नक्सा जारी गरिएको ५ जेठलाई ऐतिहासिक दिनकारूपमा स्मरण गरिनुपर्छः मुख्यमन्त्री पौडेल

मकवानपुर, ६ जेठ-वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुसी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...

कोरोनाबारे भ्रम फैलाउने ३ वेबसाइट बन्द, २६ सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्ण जवाफ माग

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको गरेको छ । काउन्सिलले शुक्रबार नियमअनुसार दर्ता एवं सूचीकरण नभएका तीन वटा अनलाइनलाई बन्द गर्नका...

कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना

काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...

महाधिवेशनपछि पहिलोपटक पत्रकारसँग भेटघाट गर्दै ओली

काठमाडौं, २३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक  पत्रकारसँग भेटघाट गर्दैछन् । अध्यक्ष ओलीले आज दिउँसो साढे १२ बजे पत्रकारसँग अन्तरक्रिया गरन लागेका हुन् । काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा...

प्रदेश १ मा कामदारका लागि दक्षता परियोजना सुरु हुँदै

विराटनगर, २३ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धि गरिने भएको छ । कामदारमा दक्षता अभिबृद्धि गरि स्वरोजगार बनाउने उदेश्यले प्रदेश १ मा परियोजना स्ुरु हुन लागेको हो । कृषि, पर्यटन र निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्