शनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे ८ मा स्थापित हाईल्याण्ड ईङ्लीस बोडिङ स्कुलले सांस्कृतिक कार्यक्रम र अभिभावक दिवस सम्मन्न गरको छ । आज शुक्रबार महिला दिवशको अवसर पारेर आयोजना गरीएको सांस्कृतिक कार्यक्रम र अभिभावक दिवश आयोजना संगै पुरस्कार वितरण गरी समापन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दिलिपकुमार राईले निजि विद्यालयहरुको भीडमा हाइल्याण्ड बोर्डिङले फरक पहिचान बनाउन सफल भएको भन्दै प्रसंसा गर्नुभयो । उक्त स्कुलमा अध्ययनरत विद्यार्थीहरु कितावी ज्ञानका साथै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै अब्बल रहेकोले हाइल्याण्डमा छोराछोरी भर्ना गरेर अभिभावकको लगानी खेर नजाने बताउनु भयो ।
वर्षिक उत्सवमा स्कुलमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
सो अवसरमा गत शैक्षिक सत्रमा कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथीहरु वाडा न. ६ का वडा अध्यक्ष जय बा. तामांङ, वाडा न.८ का वडा अध्यक्ष बाबुराम दाहाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतले विद्यार्थीलाई पुरस्कार एवं मेडल वितरण गरेका थिए ।
नर्सरी देखी कक्षा ७ सम्म १२० छत्रछात्रा अध्ययनरत छन् । विद्यालयले गरिव, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालयका प्रधानाध्यापक भबेश बस्नेतले बताए ।
सुर्खेत, ८ असोज-५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी...
काठमाडौं, ५ वैशाख-सरकारले थप ३० हजार र्यापिड डाइग्नोस्टिक किट प्रदेशमा पठाएको छ । कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन प्रदेशमा थप ३० हजार र्यापिड किट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको कोरोना भाइरससम्बन्धी...
विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त...
काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ । परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...
कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...
काठमाडौं, ९ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पारे गरेको हो । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो...
विराटनगर, २ असोज । विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना ठहर भएका फरार ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला अदालतको २०७० साल पुष १४ गतेको फैसलाले सवारी ज्यान मुद्दा र २०७३ साल...