संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

 न्यूज विराट
संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली मनाइएको हो ।

प्रदेश १ को राजधानी विराटनगरमा स्थित पुष्पलाल चोकमा पनि दिप प्रज्वलन गर्दै खुशियाली मानाइएको हो । दिप प्रज्वलन कार्यक्रममा स्थानीय बुद्धिजिवि, समाजसेवी, युवा, विद्यार्थीलगायत सयौँको उपस्थिती रहेको थियो ।

दिप प्रज्वलनमा स्थानिय समाजसेवि गोपाल कट्वाल, युवा नेता नवराज नेपाल (टुप्पि) समाजसेवि तया परिवर्तनका लागि हातेमालो विराटनगरका अध्यक्ष तथा युवा नेता विनोद चाहार, राष्ट्रिय युवा संघ मोरङका उपध्यक्ष किशोर भट्टराइलगायतको उपस्थिती रहेको थियो ।

प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको हो ।

सम्बन्धित समाचार

समान शिक्षा बनाउन मुख्यमन्त्री राईको जोड

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण...

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

एजेन्सी, १६ मंसिर । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । कर्नाटकाका...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश...

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्