सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

 न्यूज विराट
सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ ।

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरूको परीक्षण थालिएको हो । ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका ३ जनामा आरडीटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर विधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ ।

बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको थियो । उनीहरू सबैको नतिजा नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार अर्पाटमेण्टमा बस्ने २ सय ९८ जनाको आज परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको बताए । संक्रमितका कामदारको पनि नतिजा नेगेटिभ देखिएपछि उनीहरूको स्वाब परीक्षण गर्न लागिएको उनले बताए ।

‘२ सय ९८ जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । उहाँहरूका २ जना कामदारको पनि रिपोर्ट नेगेटिभ आएपछि स्वाब विधिबाट पुनः परीक्षण गरिँदै छ’ उनले भने ‘आधिकारिक रूपमा स्वास्थ्य मन्त्रालयले ४ बजे घोषणा गर्ने भएको छ ।’

सम्बन्धित समाचार

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

कक्षा १०,११ र १२ को परीक्षाबारे छलफल

काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो,...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा ज्वरोका बिरामीकाे मृत्यु

कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् । आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा...

विराटनगरका १० स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण 

विराटनगर, १३ साउन-विराटनगरमा मंगलबार १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट नर्सिङ होमका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् ।  कोसी...

एमसीसी सम्झाैता पढेको कोही भेटिनँ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) काे सम्झौता नै नपढी हल्लाको पछाडि लागेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘मान्छेहरूले पढे हुन्थ्यो नि लहैलहैमा लागेर हल्ला गर्नुभन्दा ।...

बुद्धोदयको आम्दानी १ करोड ५८ लाख

विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्