विराटनगरका सुभाष कामतलाई अपहरण गरी १० लाख फिरौती माग्ने तीन जना पक्राउ

 न्यूज विराट
विराटनगरका सुभाष कामतलाई अपहरण गरी १० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर, १६ फागुन । शरीर बन्धक (अपहरण)बनाइ १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर १० लाख माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट सो अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ ।

प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । रासस

सम्बन्धित समाचार

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको...

कांग्रेस मोरङले सुरु गर्यो कोरोना भाइरसबारे सचेतना अभियान

विराटनगर, चैत १०–नेपाली कांग्रेस मोरङले कोराना भाइरसबारे सचेतना अभियान सुरू गरेको छ । कांग्रेसको विभिन्न तहबाट आएको सुझावका आधारमा मोरङ कांग्रेसले सचेतना अभियान सुरू गरेको हो । मोरङ काग्रेसका सभापति डिगबहादुर लिम्बूका अनुसार प्रचारप्रसारलाई व्यापक...

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...

भारत-चीनको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं, ३ असार-भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन् । भारत र चीनबीचको सीमामा भएको विवाद र...

एसइइ रनिङ्ग शिल्ड : मोरङ र सुनसरीका पाँच स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...

उपत्यकामा आज १२२९ जनामा कोरोना संक्रमण

काठमाडौं, ४ मंसिर-गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनामा कोरोना पोजिटिभ...

आज सांसदहरूको पीसीआर परीक्षण गरिँदै

संसद सचिवालयले आज सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । संसद अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना भाइरसको परीक्षण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्