आज सांसदहरूको पीसीआर परीक्षण गरिँदै - News Birat

आज सांसदहरूको पीसीआर परीक्षण गरिँदै

न्यूज विराट

संसद सचिवालयले आज सांसदहरूको पीसीआर परीक्षण गर्ने भएको छ । संसद अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले आज सभामुखसहित सांसदहरूको कोरोना भाइरसको परीक्षण गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । संसद बैठक बस्ने भएपछि सचिवालयले सांसदहरूको पीसीआर परीक्षण गर्न लागेको हो ।

प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, संघीय सांसद, महासचिव, सचिव, संसद सचिवालयका कर्मचारीहरूको पीसीआर परीक्षण हुन लागेको हो । संसद सचिवालयका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles