जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

 न्यूज विराट
जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले सरकारले तोकेको आगामी १७ र २७ वैशाखमा नै निर्वाचन हुने जिकिर गरे ।

उनले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली कांग्रेस साँघुरिँदै गएको बताए । डिभिजन सडक कार्यालयद्वारा आज आयोजित पक्की सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कांग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्काथरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गरे ।

उन यसअघि शहरी विकासमन्त्री हुँदा सोही मन्त्रालयबाट स्वीकृत बाल्चनपुर जङ्गलसहीया र खतवहिया परसवा पक्की सडकको उद्घाटन गरे । रमन सगरमाथा जेभीद्वारा १६ करोड ३८ हजार २६९ को लागतमा बाल्चनपुर जङ्लसहीया सडकमा १० किलोमिटरमा र नौ करोड ११ हजारको लागतमा खतवहिया परसवा सात किलोमिटर कालोपत्र भएको सघन शहरी तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दाशले जानकारी दिए ।

त्यसैगरी, मन्त्री साहले बाल्चनपुर जङ्गलसैया सडकखण्डअन्तर्गत गुजरा नदीको पुलको शिलान्यास गरेको छ । कूल छ करोड ८५ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको ५० मिटर लम्बाइ ११ मिटर चौडाइको पुल निर्माणको ठेक्का सगुन राजदेवी जेभीले लिएको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख विनोदकुमार मौवारले जानकारी दिए ।

बाल्चनपुर जङ्गलसैया सडकखण्डमा पुलको अभावमा बर्सेनि वर्षायाममा गुजरा नदीमा विभिन्न दुर्घटना हुँदै आएका छन् । उक्त कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, कटहरियाका प्रमुख सियाराम कुश्वाहा, मौलापुरका प्रमुख रिनाकुमारी साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक सिद्धीविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक सुरजसेन ओलीलगायतले विकासका लागि सडक पूर्वाधार नै पहिलो खुड्किलो रहेको बताउँदै सराहना गरेका थिए । रासस

सम्बन्धित समाचार

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

यस कारण कोरोना भाइरस सङ्क्रमण सरकारले लुकाउन सक्दैन

चीनबाट फर्किएका एक विद्यार्थी बाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।तर सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल , टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

प्रदेश १ का सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ ।...

महाराष्ट्रमा कोरोना उपचारमा संलग्न २६ नर्स र तीन डाक्टर संक्रमित

एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्