प्रदेश १ का सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

 न्यूज विराट
प्रदेश १ का सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ । सामुदायिक विद्यालयहरुहरु नैतिक शिक्षाको शुरुवात गर्ने बेला भएको उहाँको भनाई छ ।

मोरङ सुन्दरहरैचा–१० को सुकुना माविको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले आधुनिकीकरणका नाउँमा विद्यार्थीहरुले संस्कार विर्सदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ विकास मात्र हैन, नैतिक शिक्षा पनि आवस्यक छ ।’ सुकुना मावि नमूना विद्यालय भएको भन्दै उहाँले प्रदेश सरकारले आवस्यक सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ विगतमा पनि प्रदेश सरकारबाट भएको सहयोग शिक्षा विकासमा लगानी भएको छ, हामी सहयोगलाई निरन्तरता दिन्छौं ।’

सुकुना माविले विभिन्न आरोह–अवरोह पार गर्दै ५० औं वर्षमा प्रवेश गरेको भन्दै मन्त्री यादवले विद्यालयको थप सफलताको कामना गर्नुभयो । सामुदायिक विद्यालयहरुमा सुधार आवस्यक रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College