डब्लुएचओले दियो अस्ट्राजेनिकाको खोपलाई मान्यता

 न्यूज विराट
डब्लुएचओले दियो अस्ट्राजेनिकाको खोपलाई मान्यता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।

अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रममार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्समार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।

कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरू दुई डोज लगाउनु पर्दछ ।६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ । यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ ।

सम्बन्धित समाचार

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...

श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने...

कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो । डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्