कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

 न्यूज विराट
कोरोना महामारीसँग जुध्न बेलायतले नेपाललाई १ करोड पाउण्ड सहयाेग गर्ने

काठमाडाैं, २५ जेठ-बेलायत सरकारले कोरोना महामारीसँग जुध्न नेपाललाई थप आर्थिक सहयोग घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) मार्फत उक्त सहयोग गरेको हो ।

डीएफआइडीले कोरोना संक्रमण न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेको छ । अब यसलाई बढाएर अहिले १ करोड पाउण्ड पुर्‍याइएको हो ।

हरेक वर्ष नियमित सहयोग गर्ने डीएफआइडीले भूकम्पका बेला जस्तै यसपटक पनि अलि बढी सहयोग गरेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएकाे छ।

नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध भएको २ सय ५ वर्ष पुगेको छ । कोरोना महामारीका लागि थप सहयोगको अपेक्षा दूतावासले गरेको थियो ।

अहिले थप आर्थिक सहयोग प्राप्त भएको र गोरखा वेलफेयर ट्रष्टलगायतका संस्थाले गोरखा सैनिकलाई आवश्यक सहयोग पनि गरिरहेको दूतावासका प्रवक्ता शरदराज आरण बताउँछन् ।

थप आर्थिक सहयोगका लागि डीएफआइडीले नेपाललगायत केही विकासोन्मुख राष्ट्रहरूलाई एकमुष्ट १० करोड पाउण्ड छुट्याएको छ । डीएफआइडीले हालसम्म कोरोना रोकथामका लागि विश्वभर ८४ करोड ४० लाख पाउण्ड निकासा गरिसकेको छ ।

सम्बन्धित समाचार

सप्तरीका १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २–सुनसरीस्थित धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका अन्दाजी ७३ वर्षीय वृद्धको बिहीबार राति १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित

विराटनगर, ३२ साउन । विराटनगर–विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर...

प्रदेश १ः सांसद न्यौपानेले भने–यो सरकारले धराहरा पनि भत्काउने, रानी पोखरी भत्काउने र सगरमाथाको उचाई घटाउने हो ?

विराटनगर, २१ साउन । संघीय सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको भन्दै प्रदेश १ को प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका सांसदले आक्रोश पोखेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा एमालेका सांसद तुलसीप्रसाद न्यौपानेले भूमि सम्बन्धी...

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई २४ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं, जेठ २९-विशाक्त मदिरा सेवन गरी मृत्यु भएकाको परिवारका सदस्यलाई केन्द्रीय सरकारले क्षतिपूर्ति दिने भएकोछ । गृह मन्त्रालयको सिफारिसमा विषादी युक्त मदिरा सेवन गरी ज्यान गुमाएका महोत्तरी जिल्लाका १२ जनाको परिवार सदस्यलाई २ लाखका दरले...

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

‘दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिनू’

काठमाडौं, २३ असोज-सरकारले दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट  आशिर्वाद थाप्न आग्रह गरेको हो । ‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद...

आज थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख-आज नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्