एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

 न्यूज विराट
एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न अध्यक्ष ओली सहमत हुनुभएको हो ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग अध्यक्ष ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बटमलाइन सुनाउनु भएको एमाले स्थायी कमिटीका एक नेताले जनताटाइम्सलाई जानकारी दिए । ती नेताका अनुसार अध्यक्ष ओलीले माधव समुह एमालेमै रहने ग्यारेण्टीलाई पहिलो प्राथमिकता दिनुभएको छ । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको जानकारी अध्यक्ष ओलीले गराउनु भएको हो ।

अध्यक्ष ओलीको यो सन्देश नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेतालाई गराइएको छ भने बार्तामा सहभागी नेपाल समुहका नेताहरुले नेता नेपाललाई मनाउन प्रयास थाल्नुभएको छ । पछिल्लो समय नेता नेपाल एकता भन्दा बिभाजनतिरै लाग्नुभएको कारण सो समुहका नेताहरुले मनाउन सकिरहनु भएको छैन । स्रोतका अनुसार नेता नेपाल एमालेमै रहँदा भविश्यमा आफूले के पाउने भन्ने मुल प्रश्न उठाइरहनु भएको छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिनुभएको खुलासा गरिसक्नु भएको छ । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालको भनाई थियो ।

एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ नेपालले जोडनु भएको हो । त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सार्नुभएको थियो भने सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल नगरी अन्तिमसम्म एकता बचाउन प्रयाश गर्ने निर्णय लिएको छ ।

एमाले मिलाउन सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो। संवादमा एमाले संस्थापनबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी हुनुभएको थियो ।

स्रोतका अनुसार सो छलफलमा ‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको बिषयमा छलफल भएको छ । संवादमा प्रगति भएकै आधारमा नेता नेम्वाङले केही दिनभित्रै सकारात्मक परिणाम आउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने भएको छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्ने...

नेपाल औषधी व्यवसायी संघ मोरङको सदस्यमा गणेश थापा मनोनित

विराटनगर, चैत ३–नेपाल औषधी व्यवसायी संघ मोरङको सोमवार बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश...

तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी...

प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना...

सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य...

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...

युवाको क्षमता बढाउन जेसीजको भूमिका महत्त्वपूर्ण

विराटनगर । जेसीजले समाजमा रहेका युवालाई अघि बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।विराटनगर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्तर्गत बिहीबार चौथो दिनको कार्यक्रम ‘प्रहरी सँग जेसीजका युवा’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्