चोरीको आरोपमा एक जना पक्राउ

 न्यूज विराट
चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका–४ का ४१ बर्षीय बिक्रम दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबाट चोरी भएको नगद १ लाख ४८ हजार ६ सय रुपैयाँ र भारतिय नोट रु.१५ सय समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

तिलोत्तमा हत्या प्रकरणः स्थानीयको अवरोधले शव उठ्न सकेन

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पशु फार्ममा ५ जनाको हत्यामा संग्लनलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकको शव उठान अवरोध गरेका छन् । शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगि सकेका छन् ।...

१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

संघीय संसद सचिवालयमा गरिएको पीसीआर परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्यसहित १६० जनामा कोरोना पुष्टि भएको हो । कोरोना परीक्षणका लागि...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका १ पुरुष रहेका छन् । अस्पतालका अनुसार उनीहरूको आज बिहान मृत्यु भएको हो । त्यस्तै,...

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

विराटनगर, २२ असोज-मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दिएको...

राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्