नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत - News Birat

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

न्यूज विराट

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् ।

बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति भएकाले संरक्षण गर्नुपर्ने धारणा बैठकमा व्यक्त गरेको जानकारी दिए । ‘पार्टीको सम्पत्ति भनेको फलामको टुक्रा पनि हुन्छ, सुनको टुक्रा पनि हुन्छ । दुवै प्रतिवेदन हाम्रा सम्पत्ति हुन् । यिनको संरक्षण गरिनुपर्छ,’ खनालले बैठकमा भनेका थिए ।

उनले पार्टीभित्रको अन्तरसंघर्ष प्राकृतिक कुरा भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने धारणा बैठकमा राखेका थिए । ‘नेकपा फुटको संघारमा होइन अन्तरसंघर्षमा छ । यसको पार्टीलाई सही ढंगले रूपान्तरण गरेर अघि बढ्नुपर्छ,’ खनालले बैठकमा भनेका थिए । नेता खनालले दुवै अध्यक्षका प्रतिवेदनलाई मार्क्सवादी कोणबाट विश्लेषण गरेर संयुक्त प्रतिवेदन बनाउनुपर्ने धारणा राखेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles