हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलन

 न्यूज विराट
हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलन

खोटाङ, २३ पुस-महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।

हिन्दु, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत १६ मंसिरदेखि यही ८ पुससम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २ सय ९० ररुपैयाँ भेटी संकलन भएको हो ।

गत ८ चैतदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत १६ मंसिरमा खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी संकलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट ३ लाख ३० हजार ५ सय ९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट २९ हजार ६ सय ३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट १४ हजार ७० रुपैयाँ भेटी संकलन भएको छ ।

गत ६ चैतदेखि ८ पुससम्म मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा १ लाख ८९ हजार ९ सय ९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

दर्शनार्थी तथा भक्तजनले भारु ६ सय ५० र अमेरिकन डलर १ रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।

त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष ८७ लाख ६६ हजार २ सय ७४ रुपैयाँ भेटी बापतको रकम सहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।

हलेसीमा अहिले दैनिक सयौँको संख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिए । ‘हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ,’ उनले भने, ‘यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।’

अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन् । व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताए ।

हलेसीमा स्वदेशसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी  आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ । रासस

सम्बन्धित समाचार

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगर, १ असोर । भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । हिजो दिउसो १२ बजे आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा...

आन्तररिक राजश्व कार्यालय विराटनगरामा बिचौलियाको चलखेल बन्द

विराटनगर, माघ १३–सरुवा भई आउने वित्तिकैदेखी करदाताको सेवा प्रवहलाई अझ सहज बनाएका आन्तरिक राजश्व कार्यालय विराटनगरमा प्रमुख कर अधिकृतले विमल सापकोटाले बिचौलियालाई कार्यालय परिसर भित्र प्रवेशमा रोक लगाएका छन् । करदातालाई सहयोग गर्ने नाममा जथाभावि...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ साउन-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । मन्त्री भट्टले बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई समर्थन गरे गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्