आन्तररिक राजश्व कार्यालय विराटनगरामा बिचौलियाको चलखेल बन्द

 न्यूज विराट
आन्तररिक राजश्व कार्यालय विराटनगरामा बिचौलियाको चलखेल बन्द

विराटनगर, माघ १३–सरुवा भई आउने वित्तिकैदेखी करदाताको सेवा प्रवहलाई अझ सहज बनाएका आन्तरिक राजश्व कार्यालय विराटनगरमा प्रमुख कर अधिकृतले विमल सापकोटाले बिचौलियालाई कार्यालय परिसर भित्र प्रवेशमा रोक लगाएका छन् ।

करदातालाई सहयोग गर्ने नाममा जथाभावि रकम अशुलि गरेको गुनासो बढेपछी प्रमुख कर अधिकृत सापकोटाले बिचौलियालाई कार्यलय परिसर भित्र काम गर्न बन्देज लगाएका हुन् । कार्यालयमा करसहयोगिहरुलाई डाकेर छलफल गरि कार्यालय परिसर भित्र कुनैपनि गतिविधि नगर्न उनले निर्देशन दिएका हुन् ।

प्रमुख कर अधिकृत सापकोटाले आन्तरिक राजश्व विभागको सुचना प्रविधि प्रणलीमा करदाताले ‘ट्याक्स पेयर पोर्टल’ मा प्रवेश गरि भर्नुपर्ने विवरणहरु आगामी माघ १६ गतेदेखी करदाताले स्वयं भरेर प्रिन्ट गरि ल्याउनुपर्ने समेत जानकारी दिएका छन् । यस अघि कार्यालयकै कर्मचारीहरुले विवरण भरिदिने गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College