प्रधानमन्त्रीको आमसभाका लागि व्यापक सुरक्षा तयारी

 न्यूज विराट
प्रधानमन्त्रीको आमसभाका लागि व्यापक सुरक्षा तयारी

धनगढी, २२ पुस-संसद विघटनपछि पहिलो पटक उपत्यका बाहिर कार्यकर्तालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभाको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ ।

नेकपाले २४ पुसमा धनगढीमा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न कामचलाउ प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओली आउदैछन् ।

उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओली तथा आमसभाको सुरक्षाका लागि २४ पुसमा करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिनेछन । झण्डै एक सयको हाराहारीमा सादा पोशाकमा प्रहरी खटिनेछन् । जिल्ला सुरक्षा समिति कैलालीले प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन रणनीति बनाउदै छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको र थप आवश्यक रणनीति बनाउन आज सुरक्षा समितिको बैठक बस्ने बताए ।आमसभास्थल वरीपरी तथा प्रधानमन्त्री ओली आवात जावत गर्ने सडकमा कुनै पनि किसिमको बिरोध तथा अवरोध गर्न नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको उच्च सुरक्षा अधिकारीले बताए ।

स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।

नेकपा विभाजनपछि पहिलो पटक उपत्यका बाहिर प्रधानमन्त्री ओली सहभागी हुने आमसभामा नेकपा प्रचण्ड–नेपाल समूहले बिरोध तथा अबरोध गर्ने जानकारी पाएपछि सुरक्षा निकाय हाई अलर्ट भएको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

भ्रष्टाचार गर्ने जो कोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताएकी हुन्...

शिक्षण अस्पतालले भन्यो – अस्पतालकर्मीमा कोभिड–१९ सङ्क्रमण छैन  

काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...

पुर्शराम बस्नेत प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा पुनर्बहाली

विराटनगर । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा...

रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्