थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज - News Birat

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

न्यूज विराट
काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, २४ घण्टाको अवधिमा ३ हजार १ सय ५० जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

त्यस्तै थप २४ जनाको कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँग कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles