स्वास्थ्य केन्द्र स्थापना

 न्यूज विराट
स्वास्थ्य केन्द्र स्थापना

सङ्खुवासभा, १९ पुस-जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै सेवा सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
चिचिला गाउँपालिकाको गाउँसभाबाट पारित भएको कार्ययोजनाअनुसार गाउँपालिका–२ को आहालेमा स्वास्थ्य एकाइको स्थापना गरिएको हो । स्वास्थ्य एकाइ सञ्चालनका लागि भवनको निर्माण भई नसकेकाले स्थानीयवासी रिञ्जी शेर्पाको घर निःशुल्क लिएर अस्थायीरुपमा कार्यालय स्थापना गरिएको छ । स्थानीय शेर्पाले स्वास्थ्य एकाइको आफ्नै भवन निर्माण नभएसम्मका लागि दुई कोठा निःशुल्क उपलब्ध गराउनुभएको हो । आहाले गाउँका नागरिक यसअघि उपचारका लागि घण्टाँै धाएर चिचिला स्वास्थ्य चौकी वा सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यतालाई चिर्दै अन्ततः गाउँमै स्थास्थ्य संस्था स्थापना भएपछि त्यहाँका स्थानीयवासीले स्वास्थ्य सेवाको पहुँचमा पुग्न सफल भएका छन् ।
यस एकाइबाट सेवा दिनका लागि एक जना अहेबको समेत व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । आधारभूत स्वास्थ्य एकाइ कार्यालय उद्घाटनका अवसरमा स्थानीय कुमार गुरुङ, पेमा रिञ्जी शेर्पा र रिञ्जी शेर्पासहित स्थानीय गाउँवासीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईले समेत यो स्वास्थ्य कार्यालय स्थापना भएपछि प्राथमिक स्वास्थ्य उपचारका लागि सेवाग्राहीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले सहजीकरण गर्नुभएको थियो । (रासस)

सम्बन्धित समाचार

प्रधानमन्त्रीको निर्देशन भोको नराख्नू, सडकमा हिड्न नदिनू

काठमाडौं, ५ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण कसैले भोकै बस्नु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् ।कोरोना का कारण लकडाउन लम्बिएपछि हिडेरै गाउँजाने क्रम बढेको भन्दै उनले यसलाई रोक्नसमेत मातहतका निकायलाई निर्देशन दिएका...

प्रदेश १ को मन्त्रीपरिषद विस्तारः साम्सुहाङ र तिवारीले लिए सपथ

विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा...

शनिबारदेखि मनसुन केही कमजोर हुने

काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...

तुलसी सहकारीमा घोटला प्रकरण : प्रबन्धकसहित तीन जना जेल चलान

विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कालो चिया खुवाइयो

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।...

बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न कोशी प्रदेशका सभामुखले राजिनामा दिने तयारी

विराटनग । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पु¥याउनको लागि सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । राप्रपाले आफू तत्काल कुनैपनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको...

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्