विराटनगर, ११ भदौ । बिहिबार शपथग्रहणसँगै कार्यभार सम्हालेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा तेह्रथुमका सांसद लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा ताप्लेजुङका बलबहादुर साम्सुहाङलाई नियुक्त गरेका थिए ।
उनीहरु दुवैले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयलमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
माधव नेपालको पक्षमा खुल्दै आएका दुवैजना बिहिबारदेखि कित्ता क्लियर गर्दै एमालेमै बस्ने निर्णय गरेका थिए । मुख्यमन्त्री बनेको एकदिन पछि आचार्यले शुक्रबार पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेका हुन् ।