पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

 न्यूज विराट
पद सम्हालेको १०० दिनमा १० करोडलाई खोप दिने बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले पद सम्हालेको एक सय दिनमा १० करोड नागरिकलाई खोप दिने लक्ष्य रहेको बताएका छन् ।  बाइडेनले आफ्नो कार्यकालको सुरुमा नै महामारी अन्त्य गर्न नसकेपनि आफूले कोभिड–१९ को बाटो भने मोड्ने बाचा पनि गरेका छन् ।

२० जनवरीमा कार्यकाल सुरु गर्दा उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडेनले अमेरिकी जनतालाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे ।

मंगलबार नै अमेरिकी नियामक निकायले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिशतसम्म सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको छ । यसबाट खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिने बाटो खुला भएको छ ।

खाद्य तथा औषधि निकाय एफडीएले सुरक्षाका कारण फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको छ ।

बेलायतमा गत साता नै स्वीकृति पाएको यो खोप आम मानिसमा लगाउन थालिसकिएको छ । खोपबारे निर्णय गर्न एफडीएले बिहीबार औपचारिक बैठक आयोजना गरेको छ । अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारे जानकारी गराएका थिए ।

यो खोपबाट पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडीएले जनाएको छ । पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिशत सुरक्षा दिने एफडीएले जनाएको छ ।

एफडीएले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दुःखाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ । त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ ।

तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन । गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन...

विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...

एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...

खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी...

शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ । zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ ।...

चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

लकडाउनको असर : पसलमा तरकारी कुहियो, ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्