चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

 न्यूज विराट
चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको वाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुर्‍याउनका लागि आफ्नो उम्मेदवारी रहने बताए । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनअगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् । यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उहाँको भनाइ थियो ।

किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, १५ भदौ-भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

म्यादी प्रहरीको फेरी भर्ना खुल्दै, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी...

बालबालिकाहरुको लागि स्वास्थ्य शिविर

विराटनगर, २७ भदौ । मस्तिष्क पक्षाघात भएका बालबालिकाहरुका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर आदर्श स्कुलस्थित सिपि डे सेन्टरमा क्लबले शिविर आयोजना गरेको हो । “सेलेब्रल पाल्सी...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

मोरङको रतुवामाइबाट सरकारी छाप किर्ते गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते सम्वन्धि कसुरमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष वर्ष ५५ का देविलाल ताजपुरियाको हस्ताक्षर र छाप किर्ते गरी सिफारिस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्