लकडाउनको असर : पसलमा तरकारी कुहियो, ग्राहक महँगोमा किन्न बाध्य

 न्यूज विराट
लकडाउनको असर : पसलमा तरकारी कुहियो, ग्राहक महँगोमा किन्न बाध्य

आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ । नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्यावश्यकबाहेकका सवारी साधन गुडेका छैनन् । आवश्यकता, पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् ।

यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहकबीच सम्बन्ध टुटेको छ । किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन् । बजार आएको पनि पसलमा नै थन्किएको छ । अर्कोतर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

काठमाडौं उपत्यकाको तरकारीको थोक बिक्री केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ । बिहान २ बजे देखि ६ बजेसम्म खरिद बिक्री गर्न निश्चित समय तोकिएपछि काठमाडौं आएको तरकारी राम्रो सँग बिक्रि भएको छैन । लामो सँग बिक्रि नभएको हरियो तरकारी कुहिएर फाल्नुपरेपछि काठमाडौं महानगरले कीटनाशक औषधि छर्कनु परेको छ ।

स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजार सम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । यस्तै, बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्रि भएको छैन ।

तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ ।  कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् । सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्ता सम्म पुर्याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्