पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा आठ, उदयपुर र संखुवासभामा दुई÷दुई, पाँचथर, धनकुटा र खोटाङमा एक÷एक र प्रदेश १ बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २६, सुन्दरहरैचामा आठ, बेलबारीमा छ, बुढीगंगा, केराबारी र सुनबर्षीमा दुई÷दुई, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा एक÷एक, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा तीन, रामधुनीमा दुई, हरिनगर, दुहवी र इनरुवामा एक÷एक र स्थानीय तह नखुलेका दुई, झापाको दमकमा पाँच, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा चार÷चार, मेचीनगर र बुद्धशान्तिमा तीन÷तीन र भद्रपुरमा दुई जनाको रिपोर्ट पोजिटिभ आएको विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको सुर्योदयमा सात, इलाम नगरपालिकामा एक, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा एक÷एक, संखुवासभाको मकालु र खाँदबारीमा एक÷एक, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा एक÷एक र प्रदेश १ बाहिरका आठ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९ सय ५५ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ६ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

एजेन्सी, ११ कात्तिक-किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जीत हात पारेको छ । शारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको...

कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...

जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

विराटनगर, ३० माघ । जनता समाजबादी पार्टी नेपालको महानगर समितिले विराटनगरमा मौन बिरोध प्रदर्शन गरेको छ । जसपा माहानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध स्थानिय बुधहाट चोकमा आज अपरान्ह मौन प्रर्दशन गरेको हो ।...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...

कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटाएकोमा कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, १४ जेठ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबाट हाटाइएको विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्रस्ताव...

प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...

पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्