जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

 न्यूज विराट
जसपा विराटनगरद्वारा प्रधानमन्त्री ओलीविरुद्ध मौन विरोध प्रदर्शन

विराटनगर, ३० माघ । जनता समाजबादी पार्टी नेपालको महानगर समितिले विराटनगरमा मौन बिरोध प्रदर्शन गरेको छ । जसपा माहानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध स्थानिय बुधहाट चोकमा आज अपरान्ह मौन प्रर्दशन गरेको हो ।

महानगर समितिले आयोजना गरेको बिरोध प्रर्दशनमा सहभागि नेता तथा कार्यकर्ताले बुधहाटचोकको पश्चिमतर्फको सडकमा प्लेकार्ड सहित लामबद्ध भएर एक घण्टासम्म बिरोध प्रर्दशन गरेका थिए ।

उनिहरुले ‘संघीय लोकतान्त्रीक गणतन्त्र जिन्दाबाद’ ‘निरंकुश प्रधानमन्त्री मुर्दाबाद’‘घरघरमा ग्याँस खोई’ र ‘मदन भण्डारीको हत्यारा खोई’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

देशभित्रका प्रमुख सबै पार्टीहरुले प्रधानमन्त्रीले चालेको कदमको बिरोध गरिरहँदा ओली एक्लै आफुलाई ढिट रुपमा प्रस्तुत गरिरहेको जसपा महानगर समितिका अध्यक्ष अम्रेन्द्र यादवले बताए ।

प्रधानमन्त्रीको असंबैधानिक कदमबिरुद्ध आफुहरु सडकमा रहेको र छिट्टै प्रधानमन्त्रीलाई घुंडा टेकाई छाड्ने यादवले दाबी गरे । बिरोध प्रर्दशनमा जसपा प्रदेश १ संसदीय दलका नेता जयराम यादव सहितका जिल्ला तथा प्रदेशस्तरका नेताहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

३० हजार क्षमताको क्वारेन्टाइन हामीसँग छः प्रधानमन्त्री

देशभर ३० हजार जना क्वारेन्टाइनमा बस्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा ३० हजार क्षमताकाे क्वारेनटाइन बनाइएको जानकारी गराएका हुन् । अहिले ९ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।पर्याप्त आइसाेलेसन...

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...

ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 'अचानक आइतबारदेखि...

कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...

सुनसरीको दुहवीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ९ असार । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला...

प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण

विराटनगर, ६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक...

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्